‘पुजार सार्की’को ट्रेलर रिलिज, कस्तो छ तीन नायकको भूमिका ?

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा जातीय विभेदको कथालाई उठान गरिएको छ । 

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा भरत रेग्मीको सम्पादन, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको एक्सन छ । 

किङ्डम नेटवर्कको प्रस्तुतिमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, प्रतीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ । 

सार्वजनिक भएको ट्रेलरमा नायक प्रदीप खड्का हाबी छन् । यो ट्रेलरबाट प्रदीपले तारिफ पाउने पक्का छ । उनको संवाद बोल्ने शैली, संवाद, हाउभाउले दर्शकको मत जितेको छ । 

अर्का नायक आर्यन सिग्देल र प्रदीपबिचको बोन्डिङ गज्जब छ । पल शाहको भूमिका फिल्ममा विशेष रहेको वुझ्न सकिन्छ । 

समाजमा देखिने जातियताको कथालाई फिल्मले सूक्ष्म रुपमा उठान गरेको वुझ्न सकिन्छ । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।