‘दान्भी’को ‘मायाको खानी’मा रोमान्टिक पूजा र कुन्साङ

असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । 

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ । 

यो गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत, प्रदीप प्रखर पोखरेलको शब्द छ । 

रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । 

फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 

यो फिल्मको टिजर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । निर्माणपक्षले अबको केही दिनमै ट्रेलर पनि सार्वजनिक गर्ने बताएको छ ।