जेठ १५ बाट ‘छक्का पन्जा ५’को सुटिङ, नायिका को ?

यो बर्षको प्रतीक्षित फिल्म ‘छक्का पन्जा ५’को छायांकन जेठको १५ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । 

दीपाश्री निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्मको स्क्रिप्टको काम सकेर यसको टिम कलाकार फाइनल गर्ने दौडमा लागेको छ । 

यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतका कलाकारहरूले काम गर्ने पक्का छ । अब, अन्य कलाकारहरूसँग कुराकानी अगाडि बढाइएको निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीको भनाई छ । 

फिल्मका लागि एक जना मात्र नायिका हुने पनि वुझिएको छ । अहिलेसम्म नायिका भने फाइनल नगरिएको दीपकको भनाई छ । केही दिनमै नायिकासँगै अन्य कलाकारहरूको लाइनअप पनि पुरा गर्ने तयारी फिल्मको टिमको छ । 

फिल्म ‘छक्का पन्जा ५’लाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । नेपाली फिल्म क्षेत्रमा ऐतिहासिक रेकर्ड राख्न सफल ‘छक्का पन्जा’को पाँचौं सिरिज पनि दर्शकको प्रतीक्षामा छ ।