५ लाख धरौटीमा रिहा भए रवि ओड

गायक रवि ओड ५ लाख धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेपछि गायक ओडले केही दिन अगाडि प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा हिरा भएका हुन् । प्रहरीले उनलाई बिहिबार बेलुकी रिहा गरेको छ । 

उनलाई उनकी श्रीमतीले गतबर्षको चैत्र २० गते वैवाहिक बलात्कार तथा अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

यसपछि, कृष्णपुरको कृष्णपुर नगरपालिकाका बासिन्दा ओडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर उनीमाथि अनुसन्धान गरिरहेको थियो ।