यसपटक अनमोलको जिम्मा म लिन्छुः जसिता गुरुङ

नायिका जसिता गुरुङले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जसिताको जन्मदिनमा नायक अनमोल केसीले उनलाई विशेष शुभकामना समेत दिएका छन् । यी दुइको प्रेम चर्चा चलिरहँदा अनमोलले जसितालाई ‘तिमी सधैं यस्तै विशेष रहनु’ भन्दै तस्विर पोष्ट गरेका छन् । अनमोलको शुभकामनालाई जसिताले पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । 

यसैबिच, मेरो फिल्मसँग कुराकानी गर्दै नायिका जसिता गुरुङले यसपटक अनमोलको अभिनयको जिम्मा आफूले लिने बताएकी छिन् । उनले मेरो फिल्मसँग भनिन्–‘मैले पुरै फिल्म हेरेको छ । यसपटक अनमोलले उत्कृष्ट काम गरेका छन् । म यसपटक साक्षी छु । यदि, मैले भने जस्तो रहनेछ भने भोलिका दिनमा जनताको कठघरामा उभिन तयार छु ।’

यसपटक, अनमोलले अभिनयमा निकै राम्रो प्रगति गरेको पनि जसिताको भनाई छ । उनले अगाडि भनिन्–‘अनमोलको अभिनयलाई लिएर जति पनि भ्रम छन् नी, त्यो सबै उसले चिरेको छ । अनमोलको यसपटक अभिनयमा गज्जबको प्रगति देखिन्छ । म्याडी क्यारेक्टर वास्तविक अनमोल भन्दा विल्कुलै फरक छ । अनमोलको काम स्क्रिनमा विशेष देखिएको छ ।’

उनले, अनमोलको काम हेरेपछि दर्शकले पनि प्रशंसा गर्दै भनिन्–‘म यसपटक जनताको कठघरामा उभिन तयार छु । तपाइहरुले फिल्म हेरेपछि मैले भने जस्तो पाउनु भएन भने, जवाफ दिन तयार छु । यसपटक अनमोलले उत्कृष्ट काम गरेका छन् । फिल्म पनि विशेष बनेको छ । म एकदमै उत्साहित छु ।’

जेठको १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई लिएर दर्शकमा पनि निकै ठूलो उत्साह छ । सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा अनमोल र जसिताको साथमा रवि काफ्ले, समृद्धी अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ ।