‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय

निर्देशक नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय गरिएको छ ।  नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले ओपनिङ र क्लोजिङ फिल्मको घोषणा गरेको हो । 

यो फिल्मको स्क्रिनिङ जुन २० मा हुने बुझिएको छ । त्यस्तै, ओपनिङ फिल्मको रुपमा सुब्बा निर्देशित यो फिल्मको प्रिमियर गरिने भएको हो । 

जेठ २५ गतेबाट नेपाल र डायस्पोरामा एकसाथ प्रदर्शन हुने यो फिल्मले सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता समेत जनाएको थियो । 

गाउँमा सडक र गाडी पुगेपछि बाबुछोराको सम्बन्धमा आउने परिवर्तनको कथामा निर्माण गरिएको यो फिल्मलाई आमोद राईले निर्माण गरेका हुन् । फिल्ममा  दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।