नयाँ जीवन दिएको भन्दै शान्तीश्रीले दिइन् क्याप्टेनलाई धन्यबाद

सोमबार बेलुकी अकस्मात् ठूलो हावाहुरी चलेपछि काठमाडौंबाट उडेका र काठमाडौं प्रवेश गर्न लागेका केही हवाइजहाज विभिन्न स्थानमा डाइभर्ट भए । 

जसमध्ये यति एयरलाइन्सको जहाजबाट भैरहवा जान लागेकी गायिका शान्तिश्री परियार पनि थिइन् । अत्यधिक हावाहुरीका कारण यति एयरलाइन्सको जहाज जनकपुरमा ल्याण्ड भयो । 

प्लेन जनकपुरमा ल्याण्ड भएपछि गायिका परियारले क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिएकी छिन् । उनले लेखेकी छिन्–‘प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौं । हजुरले आफ्नो प्रयास जारी राख्नु भो र गन्तव्य भन्दा फरक ठाउँमा अवतरण भयो । तर सबैलाई नयाँ जीवन दिनु भयो नि । धन्यवाद क्याप्टेन लबिस चन्द ।’

उनले, सामाजिक संजालमा क्याप्टेन चन्दलाई नमस्कार गर्दै गरेको तस्विर पोष्ट गरेकी छिन् ।