‘भाइरल गोर्खे’मा सौगातको अन्तरवार्ता लिदै ऋषि धमला

पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गरेका छन् । यो फिल्ममा पनि उनी पत्रकारकै भूमिकामा देखिने भएका छन् । लमजुङमा भइरहेको छायांकनका दृश्यमा ऋषि धमलाले फिल्मका मुख्य कलाकार सौगात मल्लसँग अन्तवार्ता लिएका हुन् । 

निगम श्रेष्ठको निर्देशनमा तयार भइरहेको यो फिल्ममा ऋषिले ‘सरकार जान्न चाहन्छ ?’ नामको कार्यक्रममा सौगातको अन्तवार्ता लिएको देख्न सकिन्छ । 

यो फिल्मले सामाजिक संजालमा भाइरल हुने प्रवृत्तिले पुर्याउने सकारात्मक र नकारात्मक कुरालाई देखाउने निर्माणपक्षको भनाई छ । फिल्ममा सौगातका साथमा श्रृष्टी श्रेष्ठ, वुद्दि तामाङ, लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ । 

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भइरहेको यो फिल्ममा अष्ट महर्जनको छायांकन छ । फिल्मका निर्माता विशाल ताम्राकार र महेश लामिछाने हुन् ।