रचनाको तर्क–‘सन्दिप निर्दोष भए विश्वकप खेल्न देउ’

गायिका रचना रिमालले क्रिकेटर सन्दिप लामिछानेलाई कि सजाय दिन कि त विश्वकप खेल्न दिन आग्रह गरेकी छिन् ।

नेपालले जुनको २ तारिखबाट अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको ‘टी २० विश्वकप’मा भाग लिँदैछ । तर, क्रिकेटर सन्दिप लामिछानेको बलात्कारको मुद्दा भने अदालतमा छ । आज पनि यो मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ ।

यदि, आज सन्दीपको विषयमा सकारात्मक फैसला आएको भए उनी विश्वकपमा सहभागी हुन सक्ने चर्चा पनि चलेको थियो । तर, आज पनि यो मुद्दामा कुनै फैसला आएन । 

यसैबिच, गायक रचना रिमालले सामाजिक संजालमा लेखेकी छिन्–‘दोषी भए कानुन अनुसार सजायँ देउ । निर्दोष भए विश्वकप खेल्न देउ ।’

रचनाको यो स्टाटसमा अधिकांश मानिसहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमा पनि विगत केही दिनदेखि सन्दिप दोषी भए कारवाही गर्न र निर्दोष भए क्रिकेट टिममा समावेश गर्नुपर्ने माग उठिरहेको छ ।