‘मनसरा’को शनिबार सुखद व्यापार, आजबाट के होला ?

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मनसरा’ले शनिबार राम्रो व्यापार गरेको छ । शनिबार यो फिल्मले देशभरका हलमा उच्च अकुपेन्सीका साथ व्यापार गरेको हो । यो फिल्मको व्यापार पूर्वका हलमा अझै राम्रो देखिएको छ । 

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधानको मुख्य भूमिका छ । दर्शकले फिल्मलाई रुचाएका छन् । यसैले, फिल्मले आगामी दिनमा पनि राम्रो कमाई गर्ने अपेक्षा गन सकिन्छ । 

फिल्म हेर्ने दर्शकको उच्च अकुपेन्सी भएपछि यसका कलाकारहरू पूर्वका विभिन्न हलमा पुगेका थिए । फिल्म ‘जारी’ निर्देशन गरेपछि उपेन्द्रले निर्देशन गरेको यो फिल्मको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । 

यो फिल्मबाट कलाकार प्रवीण खतिवडाको कामको निकै चर्चा भइरहेको छ । प्रवीणले यो फिल्मपछि फिल्म क्षेत्रमा नयाँ उचाई पाउने पक्का छ । 

फिल्मको आज बिहानबाटको व्यापार भने कमजोर देखिएको छ । तर, मध्यान्हपछि फिल्मको व्यापार बढ्ने आँकलन गर्न सकिन्छ ।