पूर्वी नेपालमा ‘मनसरा’को उत्कृष्ट व्यापार

आजबाट रिलिजमा आएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट सुरुवात गरेको छ । फिल्मले काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो कमाई गरेको निर्माणपक्षले बताएको छ । 

शुक्रबार बिहानैबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ । बिहिबार विराटनगरमा प्रिमियर गरेर फिल्मको टिमले पूर्वका विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएको थियो । शुक्रवार दिनभर विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोड पुगेर फिल्मको टिमले दर्शकसँग साक्षात्कार गर्यो । 

धरानको फ्रेन्ड्स हलमा नायक दयाहाङ राई, कलाकार प्रवीण खतिवडा, नायिका मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा दर्शक भरिभराउ थिए । उनीहरुले फिल्म उत्कृष्ट बनेको भन्दै प्रशंसा गरेका थिए । 

शैलेन्द्र ध्वज कार्कीको छायांकन तथा निर्माण रहेको यो फिल्मले प्रिमियरमा पनि निकै तारिफ पाएको थियो । यसैले, बलियो वर्ड अफ माउथका कारण फिल्मको व्यापार शनिबारबाट अझै बढ्ने अपेक्षा गर्न सकिन्छ ।