नीति शाह जुन फिल्ममा भित्रिन्छिन्, त्यो फिल्म किन बन्दैन ?

मोडल नीति शाह आफूलाई अभिनेत्रीका रुपमा उभ्याउनलाई ठूलो प्रयास गरिरहेकी छन् । उनले फिल्म गर्ने भन्दै सुरुवाती चरणमा सन्तोष सेनमार्फत ‘हुतुहुतु’बाट नायिकाका रुपमा आफूलाई उभ्याउने कुरा चल्यो । त्यो फिल्म पनि नाममै सीमित भयो, बन्नै सकेन । 

त्यसपछि नीति शाहले अनमोल केसीमार्फत आफ्नो अभिनेत्री बन्ने चाहना पुरा होला कि भनेर अनमोलले ‘एक्स ९’ गर्ने भएपछि उनले पनि गर्ने भएकी थिइन् । उनले ‘एक्सन ९’मा महंगो पारिश्रमिक लिएको र अनमोलसँग आफ्नो दह्रो जोडी बाँधिने र सफलता पाउने चर्चा मात्रै भयो । 

‘एक्स ९’लाई मुकुन्द भट्टले निर्देशन गर्ने कुरा रहेको थियो । न त यो फिल्म मुकुन्द भट्टले बनाउन सके, न नितीले नै काम गर्न पाइन् । फिल्म नबनाउदै मुकुन्द भट्टले अर्को फिल्म ‘चोर पुलिस’ बनाउने कुरा बाहिरियो । पछि गएर यो फिल्ममा भित्रिएका कलाकारले एक–एक गर्दै फिल्म छाड्न थाले । त्यसबेला नितीको अभिनेत्री बन्ने सपना पुरा हुन सकेन । 

लामो पर्खाइपछि अभिनेता प्रदीप खड्कासँग स्क्रिन शेयर गर्न पाउने भन्दै उनले ‘कामिनो’ नामक फिल्ममा पनि अनुबन्धित भएको कुरा आयो । तर यो फिल्ममा बन्ने भन्दा बढी नबन्ने हल्ला दिनदिनै चल्यो । अनि नितीलाई लाग्यो र उनले पनि यस फिल्मबाट हात झिकिन् ।

त्यसयता फिल्ममा आफ्नो दरिलो कमब्याक गराउने चाहना पुरा नहुने जस्तो नदेखिएपछि नीति अझ केही अभिनय सिक्छु भन्दै बलिउडका चर्चित कलाकार अनुपम खेरको इनिष्टिच्यूटमा भर्ना हुन गइन् । यो कुराकै बीचमा नीतिले फेरी अनमोलसँगको स्क्रिन शेयर गर्न पाउने सपना पुरा होला कि भनेर सुदर्शन थापाको फिल्म ‘रावायण’मा भित्रिइन् ।

त्यसो त नीतिले गर्ने भनिएका फिल्मका वर्कसप पनि चले । उनले त्यस बेला अभिनयमा सहजता ल्याउनलाई गरिने वर्कसपमा आफू पनि सहभागी भइन् । तर नितीका बारेमा वर्कसप कक्षा गराउने प्रशिक्षकहरुले उनको अभिनयमा खोट देखाउने गरेको गाइँगुइँ हल्ला फिल्मी बजारमा चल्ने गरेको छ । त्यसैले होला नितीले आफ्नो अभिनयमा लगाइरहेको आरोपमा निखारता ल्याउन अनुपम खेरको स्टुडियो पुगेको हुनसक्छ ।

‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जस्तै नीतिलाई सुदर्शनको ‘रावायण’ले अभिनेत्री बन्ने सपना साकार पार्ला या नपार्ला । भोलिका दिनमा थाहा हुनेछ । तर नितीका बारेमा फिल्म वृत्तले भन्ने एउटै कुरा छ, नीति जुन फिल्ममा भित्रिन्छिन् या गर्ने भन्छिन्, त्यो फिल्म बन्दै बन्दैन भन्ने खोट लगाइरहेका छन् । यस्तो अवस्थामा ‘रावायण’को भविष्य के हुने हो भन्ने चासो पनि बढेको छ । किनकी त्यहाँ पनि नीति नै जोडिएकी छन् ।