मलिकाको व्यस्तताः ‘सतीदेवी’ सकेर ‘अगत्स्य’को छायांकनमा व्यस्त

मलिकाको व्यस्तताः ‘सतीदेवी’ सकेर ‘अगत्स्य’को छायांकनमा व्यस्तफिल्म ‘पानी फोटो’मा काम गरेपछि केही बर्ष फिल्म भन्दा बढी म्युजिक भिडियोमा व्यस्त बनेकी नायिका मलिका महत्त फेरि फिल्मी दुनियाँमा व्यस्त हुन थालेकी छिन् ।

उनले लक्ष्मण सुवेदीको निर्देशनमा तयार भैरहेको फिल्म ‘सतीदेवी’को छायांकन केही दिन अगाडि सकिन् । लमजुङका विभिन्न स्थानमा यो फिल्मको छायांकन भएको थियो । फिल्ममा मलिका शिर्ष भूमिकामा छिन् । 

यो फिल्मको छायांकन सकेकी मलिका भारतमा सुरु भएको सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘अगस्त्य’को छायांकनमा जोडिएकी छिन् । योे फिल्ममा सौगात मल्ल र नाजिर हुसेन मुख्य भूमिकामा छन् । 

भारतको गोरखपुरबाट सुुरु भएको फिल्मको सुरुवातमा नायिका मलिका महत्त र नायक सौगात मल्लले अभिनय गरेका छन् । 

यो फिल्मका लागि सौगातले २० केजी तौल घटाएका छन् भने नाजिरले २० केजी नै बढाएका छन् । फिल्मको निर्माण टिमले २५ दिनसम्म गोरखपुरमा छायांकन गर्नेछ । यसपछि भने फिल्मको छायांकन भैरहवा, नवलपरासी, काठमाडौंमा हुनेछ । प्रकाश मल्ल र अनिश तामाङ यो फिल्मको निर्माता हुन् । फिल्ममा संजय लामाको छायांकन छ । 

‘सतीदेवी र अगस्त्य’ नायिका मलिका महतका लागि महत्वपूर्ण छन् । रिलिज भएका दुबै फिल्मको औषत सफलतापछि मलिका दुई आशातित प्रोजेक्टमा जोडिएकी छिन् ।