रणवीर र आलियाको फिल्मलाई उत्कृष्ट समीक्षा, कमजोर ओपनिङ


निर्देशक करण जोहरको निर्देशनमा तयार भएको फिल्म ‘रक्की और रानी कि प्रेम कहानी’ शुक्रबारदेखि रिलिज भयो । धर्मा प्रोडक्शनको निर्माणमा तयार भएको यो फिल्मले समीक्षकहरुबाट उत्कृष्ट समीक्षा पाइरहेको छ । अधिकांश मिडियादेखि समीक्षकहरुले करण जोहरको करिअरकै उत्कृष्ट फिल्म भनेतापनि यसको ओपनिङ व्यापार भने अपेक्षित हुन सकेन । 

यो फिल्मले शुक्रबार ११.१० करोडको व्यापार गरेको छ । जुन, ट्रेडहरुले अपेक्षा गरेको भन्दा कम हो । फिल्मले उत्कृष्ट समीक्षा पाएकाले पनि आजबाट यसको व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ । 

लभ स्टोरी तथा पारिवारिक कथामा  फिल्म बनाउन माहिर मानिएका करणले यसपटक पनि उत्कृष्ट फिल्म बनाएको चर्चा छ । गीतसंगीतले पनि राम्रो चर्चा पाएको थियो । यसका वावजुत पनि फिल्मको ओपनिङ अपेक्षित नहुनुले दर्शकले फिल्मको स्वाद लिन समय लगाएको देखिन्छ ।