‘कान्स’को रेड कार्पेटमा कुकुर ‘मेसी’

कान्स फिल्म फेस्टिभलको नयाँ सँस्करण सुरु भएदेखि नै चर्चामा आएको छ । अझ, यो फेस्टिभलमा ‘मेसी’ नामको कुकुरले समेत रेड कार्पेटमा आफ्नो जादु देखाएपछि चर्चा सुरु भएको हो । 

यो बर्ष आयोजित ओस्कार अवार्डमा मौलिक पटकथाको विधामा पुरस्कार जित्न सफल ‘एनाटोमी अफ अ फल’  नामक फिल्ममा काम गरेको कुकुर ‘मेसी’ले विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलमा पाइला राखेको हो । 

‘मेसी’ रेड कार्पेटमा हिँड्दा उपस्थित सेलिब्रिटीहरुको ध्यान खिच्न सफल भयो । करिब २० मिनेटको समय कान्सको रेड कार्पेट ‘मेसी’कै चर्चाले रंगिएको थियो । ‘मेसी’को नाम उपस्थित पाहुनाहरूले लिइरहँदा उसले भने फोटोग्राफरहरूलाई पोज पनि दिएको थियो । 

अहिले विश्वका चर्चित मिडियाहरुले पनि ‘मेसी’को चर्चा गरिरहेका छन् । ‘मेसी’ कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो कुकुर समेत बनेको छ ।