‘कान्स फिल्म फेस्टिभल’मा ऐश्वर्याको सुन्दरता

बलिउड सुन्दरी ऐश्वर्या राय विगत २२ बर्षदेखि विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भइरहेकी छिन् । फ्रान्समा हरेक बर्ष आयोजना हुँदै आएको यो महोत्सवमा ऐश्वर्या यसपटक पनि सहभागी भइन् । 

फ्रान्स उड्नु अगाडि ऐश्वर्यालाई मुम्बइको विमानस्थलमा हातमा चोट लागेको अवस्थामा पापाराजीहरुले कैद गरेका थिए । तर, हातमा चोट भएपनि कान्सको रेड कार्पेटमा भने ऐश्वर्याको सुन्दरताले सबैको ध्यान तान्यो । 

ऐश्वर्याको गाउनलाई सम्हाल्नका लागि उनकी छोरी आराध्याको साथमा ४ जना सहयोगीहरु जुटेका थिए । 

ऐश्वर्याले कालो र गोल्डेन गाउन लगाएकी थिइन् । सामान्य मेकअप गरेर ऐश्वर्याले रेड कार्पेटमा सबैको ध्यान खिचिन् । 

ऐश्वर्याको यो लुकलाई मोनोक्रोमैटिक लुक्स भनिने भारतीय मिडियाले उल्लेख गरेका छन् । यो पहिरनको डिजाइन फाल्गुनी र शेनले गरेका थिए । 

सामाजिक संजालमा सार्वजनिक भएको एक भिडियोमा ऐश्वर्याकी छोरी आराध्याको तारिफ भइरहेको छ । उनले रेड कार्पेटमा आमालाई निकै सहयोग गरेकी छिन् ।

कान्सको रेड कार्पेटमा बलिउडका चर्चित कलाकारहरू कियारा आडवाणी, अदिती राय हैदरी, शोभिता धुलिपाला, ज्याकलिन फर्नान्डेज, प्रतिक बब्बर र छाया कदमले पनि आफ्नो उपस्थिती जनाउनेछन् ।