कमेडी शोमा मजाक बनाइएपछि करण भावुक

एक कमेडी शोमा मजाक बनाइएपछि बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जोहरले दुःख व्यक्त गरेका छन् । कमेडियन केतन सिंहले नयाँ कमेडी शो ‘मेडनेस मचाएंगे’मा करणको मजाक बनाएका थिए । यसपछि, करणले सामाजिक संजालबाट दुःख व्यक्त गर्दै आफ्नो भावनामा ठेस पुगेको उल्लेख गरेका थिए । 

करणले सामाजिक संजालमा लेखेका छन्–‘म मेरी आमाको साथमा टीभी देखिरहेको थिएँ । सोही समयमा मैले एक नाम चलेको टेलिभिजनमा प्रशारण हुन लागेको कमेडी शोको प्रोमो देखे । एक कमेडियन खराब तरिकाले मेरो नक्कल गर्दै थिए । म यस्तो ट्रोललाई त्यतिबेला स्विकार गर्थेँ, जतिबेला यो क्षेत्रमा मेरो नाम र अनुहार कसैलाई पनि थाहा हुँदैनथ्यो । तर, २५ बर्षदेखि यो क्षेत्रमा काम गर्दा पनि यही क्षेत्रमा मानिसहरूले मेरो अपमान गर्छन् भने त्यो दुःखको कुरा हो । यो कुराबाट मलाई रिस उठेको छैन, तर निकै दुःख लागिरहेको छ ।’

करणको रियाक्सनपछि कलाकार केतन सिंहले माफी मागेका छन् । उनले, करण जोहरको आफू फ्यान भएको भन्दै उनीसँग माफी माग्ने उल्लेख गरेका हुन् । उनले, करणको भावनामा ठेस पुर्याउने आफ्नो कुनै उद्देश्य नभएको पनि बताएका छन् ।