‘चन्दु च्याम्पियन’मा कार्तिकको यस्तो अवतार

नायक कार्तिक आर्यनको नयाँ फिल्म ‘चन्दु च्याम्पियन’को फस्टलुक रिलिज भएको छ । साजिद नाडियाडवालाको निर्माण तथा कविर खानको निर्देशनमा तयार भएको यो फिल्ममा कार्तिकको भिन्न अवतार देख्न सकिन्छ । 

आत्मसमर्पण गर्न नजानेको एक मानिस भन्ने ट्यागलाइनमा यो फिल्म बनेको छ । यो फिल्मलाई जुन १४ को तारिखबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले बताएको छ । 

कार्तिक आर्यनले यो फिल्मका लागि निकै मिहिनेत गरेको समेत देख्न सकिन्छ । उनले, फिल्मका लागि आफ्नो शरीर समेत सुगठित बनाएका छन् । 

फिल्मको सार्वजनिक पोस्टर हेर्दा ‘भाग मिल्खा भाग’को झल्को समेत दिएको छ । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने विश्लेषण बलिउड पण्डितहरूको छ ।