‘मनको बाँध’ निर्माणको घोषणा
फिल्म ‘मनको बाँध’ निर्माण हुने भएको छ । यो फिल्मलाई युवराज कार्कीले निर्देशन गर्न लागेका हुन् । लामो समयदेखि प्रोडक्सन डिजाइनरको रुपमा कार्यरत युवराज अब फिल्म निर्देशनमा आउन लागेका हुन् ।
श्रीत फिल्मस् र नटरास क्रियशनले संयुक्त रुपमा निर्माण गर्ने फिल्मका लागि कलाकारहरू भने खुलाइएको छैन । युवराजले फिल्म ‘के घर के डेरा र के घर के डेरा २’मा कार्यकारी निर्माताको रुपमा समेत भूमिका निर्वाह गरिसकेका छन् । यो फिल्मले ग्रामीण जीवनका संघर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाको विषयलाई उठान गर्ने बताइएको छ ।
यो फिल्मले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रुपमा चित्रण गर्ने दाबी निर्देशक कार्कीको छ ।
नेपाली फिल्मको इतिहासमा ‘मनको बाँध’को प्रभाव बलियो छ । वि.सं २०२८ सालमा निर्माण भएको यो फिल्म वि.सं २०३० सालमा रिलिजमा आएको थियो । यसैले, एउटा बलियो इतिहास राखेको फिल्मको नाम सापटी लिएर युवराज निर्देशनमा होमिएका छन् ।
प्रतिक्रिया