‘जुनाः एक व्यथा’को रत्यौली गीत रिलिज

माघको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जुनाः एक व्यथा’को नयाँ गीत ‘साली ज्यू’ सार्वजनिक गरिएको छ । गीतमा पूर्णकला बीसीको स्वर, भीमबहादुर पौडेलको शब्द र बीबी अनुरागीको संगीत छ ।
सार्वजनिक गीतको भिडियोमा बिनु कार्की, अस्मिता बस्नेत, नेहा गौतमले नृत्य गरेका छन् । बिषेशत विवाहमा महिलाहरूले नाँच्ने रत्यौलीलाई प्रस्तुत गरिएको गीतमा एक केटीलाई केटाको गेटअपमा पनि प्रस्तुत गरिएको छ ।
हाँसो ठट्टा शैलीको यो गीत एक घरको आँगनमा खिचिएको छ । गोदावरी फिल्मस् प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मले बाल विवाह, अनमेल विवाह, महिला हिंसाको कथालाई उठान गरेको छ ।
दीपक प्रसाद घिमिरेको निर्माणमा तयार भएको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ ।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया