‘कस्तो ठाउँमा आएछु’ भन्दै मिडियाको अगाडि भावुक भइन् दिव्या

नायिका दिव्या रायमाझी बिहिबार आयोजित फिल्म ‘एक्टर’को पत्रकार सम्मेलनमा भावुक सुनिइन् । बोल्ने क्रममा नै उनका आखा रसाए ।
उनले, आफू भावुक मान्छे भएको भन्दै भनिन्–‘एउटा छोटो समयका लागि म कहाँ आइपुगेछु भन्ने लागेको थियो । मेरो त कति सपना, कति अपेक्षा बोकेर आएको थिएँ । रिलिजको एक दिन अगाडि फिल्म नै रिलिज नहुने भन्ने सुन्दा दुःख लागेको थियो ।’
दिव्याले भनिन्–‘म धेरै बोल्न चाहन्नँ, म इमोशनल मान्छे हुँ । तर, केही दिन यता हाम्रो टिमले जुन माहोल फेस गर्यो निकै गाह्रो भयो । मैले पहिलो पटक फिल्म क्षेत्रमा पाइला राखेको थिएँ । तर, टेक्नु अगाडि नै यस्तो मुद्दा आइपर्दा म आत्तिएको थिएँ । केही हुन्न जस्तो लागेको थियो । अब, दुबै जना टिमको सहमति भएको छ । हाम्रो फिल्म भोलिबाट लाग्दैछ । सबै जनाको साथ र माया पाउने आशा छ ।’
दिव्या आफ्नो भनाई राख्दै गर्दा केही भावुक र केही आत्तिएको जस्तो देखिइन् । तर, भोलिबाट फिल्म चल्ने खबरले उनलाई केही आशा भने पलाएको छ ।
दिव्याको दुई वटा फिल्म पाइपलाइनमा छन् । तर, पहिलो फिल्म रिलिज हुन देखिएको सकसले उनलाई भावुक बनाएको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया