दुई दिन चलेको 'एक्टर' को कमाई २८हजार !

रिलिज भएर हलबाट उत्रिदा सम्म फिल्म ‘एक्टर’को जति चर्चा भएको थियो त्यस भन्दा बढी चर्चा हाल भएको छ । एउटै नाम हुँदा आर्थिक क्षति पुगेको भन्दै निर्माताले शुक्रवार जिल्ला अदालत काठमाडौँमा अर्को फिल्म ‘एक्टर : टेक वन’विरुद्ध मुद्दा हालेसँगै यो फिल्मको अधिक चर्चा हुन थालेको हो ।
चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार मदन घिमिरे निर्देशित फिल्मले २ दिनमा २८ हजार ८८५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । माघ ४ गतेदेखि रिलिज भएको फिल्म माघ ६ गते हलबाट उत्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । अन्तिम पटक माघ ६ गते बिहान ११ बजेर १५ मिनेटमा बागबजारको सिटीम्याक्स हलमा यो फिल्मको प्रदर्शन भएको थियो ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया