‘घरज्वाइँ’ निर्माताको ‘मितज्यू’ निर्माणको घोषणा

फिल्म ‘घरज्वाइँ’को निर्माण टिमले नयाँ फिल्मको घोषणा गरेको छ । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशनमा तयार हुन लागेको फिल्म ‘मितज्यू’ निर्माणको घोषणा गरिएको हो ।
सार्वजनिक पेन्टिङ थिम पोस्टरमा फिल्मका दुई पात्रलाई एक सामान बोक्ने भ्यान अगाडि हातको पञ्जा जुधाई रहेको अवस्थामा देखाइएको छ । यस्तै, भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भालेलाई पनि देख्न सकिन्छ । यसले, पनि मितको कथामा यो फिल्म बन्न लागेको वुझ्न सकिन्छ । यो फिल्मलाई वि.सं २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा समेत निर्माणपक्षले गरेको छ ।
जीएम मुभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मका लागि कलाकार को–को फाइनल गरिएको छ पक्का छैन । महेश राइको लेखन रहेको फिल्मले पनि ‘घरज्वाइँ’ जस्तै दर्शकको साथ पाउने अपेक्षा निर्माणपक्षको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया