‘एक्टर–टेक १’का निर्देशक भुषाल भन्छन्–‘संघसंस्थाको लाजमर्दो व्यवहार देखियो’

फिल्म ‘एक्टर–टेक १’को विवाद सुल्झिएको छ । आज ‘एक्टर र एक्टर टेक १’का निर्माताबीच सहमति भएसँगै अब भोलि बिहानबाट राजन भुसाल निर्देशित फिल्म रिलिजमा आउने पक्का भएको छ ।
फिल्म रिलिजमा आउने भएपछि आज आयोजना गरिएको पत्रकार सम्मेलनमा यसका निर्देशक राजन भुसाल केही आक्रोशित र केही भावुक देखिए । विशेषगरि, उनको आक्रोश फिल्म क्षेत्रमा रहेका संघ संस्थाहरूमाथि थियो ।
राजनले पत्रकार सम्मेलनमा भने–‘३–४ दिन मेरो पीडादायक भयो । यसको म वर्णन गर्न सक्दिनँ । मिडिया र फिल्म क्षेत्रको साथ नभएको भए हामी यहाँसम्म आइपुग्ने थिएनौँ । हिजोसम्म त म अब फिल्म नै बनाउदिनँ भन्ने निर्णयमा पुगिसकेको थियो । यो फिल्म रोक्न हुन्थेन भनेर मिडियाले लेखिदिएकोमा धन्यवाद ।’
तर, राजन संघसंस्थामाथि आक्रोशित देखिए । उनले आक्रोशित भावमा भने–‘मैले नेपाली फिल्म क्षेत्रमा निर्माता संघ, निर्देशक समाज र अन्य संघसंस्था पनि छन् भन्ने सुनेको थिएँ । तर, एउटा प्रिमियर भएको फिल्म रोकिँदा पनि आधिकारिक संघहरूबाट एउटा विज्ञप्ति नआउनु, यो जस्तो लाजमर्दो कुरा केही पनि होइन । एउटा फिल्म बनाएर हलसम्म ल्याउँदा कति तनाव हुन्छ भन्ने संघसंस्थाका मानिसहरूलाई पनि थाहा छ । तर, उहाँहरूले एउटा विज्ञप्ति निकाल्न समेत महत्व देख्नुभएन ।’
राजनले अगाडि भने–‘फिल्म निर्देशन गर्न निर्देशक समाजको कार्ड चाहिन्छ भनेर मैले बनाएको थिएँ । तर, आज म भन्न चाहन्छु कि त्यो कार्ड अब म नवीकरण गर्दिनँ । यदि, कार्ड भएन भने फिल्म बनाउन पाइँदैन भनेर चलचित्र विकास बोर्डले भन्छ भने म फिल्म नै निर्देशन गर्दिनँ ।’

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया