‘डोरी’को ‘चुच्चे ढुङ्गो’ गीतः आर्यन र अञ्जनाको छमछमी

चैत्रको १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वरमा समावेश यो गीतमा सिवाकोटीकै शब्द तथा संगीत छ ।
गीतको भिडियोमा नायक आर्यन सिग्देल र नायिका अञ्जना बराइलीले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सौरभ लामाले खिचेका हुन् ।
गीतमा गायक सिवाकोटीले नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई प्रयोग गरेका छन् । अरुण लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रवीण खतिवडा, शिशिर वाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले लगायतका कलाकारहरुको अभिनय छ ।
दिनेश भट्टराइको लगानीमा तयार भएको यो फिल्मका कार्यकारी निर्माता राज थापा हुन् । फिल्ममा राजु तामाङको एक्सन, मिलन श्रेष्ठको सम्पादन छ ।
आर्यन र अञ्जनाले यसअघि फिल्म ‘पूजार सार्की’मा पनि एकसाथ काम गरेका थिए ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया