‘वरिष्ठ बलराम’ बनाउँदै सुरेन्द्र

सुरेन्द्र पौडेलले चौथो निर्देशकीय फिल्मको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशनको घोषणा गरेका छन् । पौडेलले सोमबार फिल्मको लोगोसहित केही जानकारीसमेत सरस्वती पूजाको अवसरमा सार्वजनिक गरेका हुन् ।
फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । फागुन पहिलो सातादेखि छायाङ्कन गर्ने जनाइएको छ ।
२०८२ सालमा प्रदर्शनको लक्ष्य राखिएको फिल्ममा दयाहाङ राई र विजय बराल मात्र फाइनल छन् । केही दिनमा सार्वजनिक हुने टिजरमार्फत थप कलाकार सार्वजनिक गर्ने टिमको तयारी छ ।
सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मको छायाङ्कन तराईका लोकेसनमा गरिने छ । ‘वरिष्ठ बलराम’लाई वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्ने जनाइएको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया