फिल्म ‘हरिबहादुरको जुत्ता’को छायाङ्कन सुरु

फिल्म ‘हरिबहादुरको जुत्ता’को छायाङ्कन सुरु भएको छ। सोमबार बिहान भक्तपुरको सूर्य विनायक मन्दिरमा मुहूर्त पूजा गर्दै  अभिनेता हरिवंश आचार्यको जन्मथलो काभ्रेको पनौतीस्थित शंखुबाट छायाङ्कन थालिएको हो । पहिलो दिन हरिवंश र उनकी पत्नीको भूमिका निर्वाह गर्ने कलाकार रोशनी सापकोटाको दृश्य छायाङ्कनसँगै प्रोजेक्ट सुरु भयो ।

फिल्मको छायाङ्कन काभ्रे र काठमाडौँका विभिन्न लोकेसनमा ४५ दिन सम्म हुने निर्माता सरोज ओलीले बताए । दीपेन्द्र के खनालले निर्देशन गर्ने फिल्ममा हरिवंशसँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियङ्का कार्की, किरण केसी, मुरलीधरको शीर्ष भूमिका रहने छ। सरोज ओली र मोहित वंश आचार्यले निर्माण गर्ने फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्नेछ ।

सामाजिक र हास्य कथावस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ ।