साउन्ड इन्जिनियरसँग एलिनाले मागिन् माफी

गायिका एलिना चौहानले साउण्ड इन्जिनियरबाट हुने गरेको सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई आफ्नो कमजोरीको रुपमा स्विकारेकी छिन् । 

गत साता पर्वतमा आयोजना भएको एउटा महोत्सवमा उनी र साउण्ड इन्जिनियरबीच भनाभन भएको थियो । सो घटनामा माइकबाटै एलिनाले प्राविधिकलाई बोल्न सिकेर आउनुहोस् भन्दै प्रतिवाद गरेकी थिइन् । 

यसपछि, यो घटनालाई लिएर दर्शकहरुले साउण्ड इन्जिनियरमाथि आक्रोश व्यक्त गरेका थिए । एलिनाले सामाजिक संजालमा लेखेकी छिन्–‘गत हप्ता पर्वतको एउटा सांगीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन हुन नपर्ने थियो । सो घटनामा तत्कालीन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेको प्रति आत्मालोचना गर्दछु ।’

उक्त घटनापछि ६ साउण्ड सिस्टम व्यवसायीहरूले एलिना सहभागी हुने कार्यक्रममा साउण्ड सिस्टम नै उपलब्ध नगराउने चेतावनी दिएका थिए । यसपछि, एलिनाले सामाजिक संजालबाट माफी मागेकी हुन् ।