‘छ्या ! के गरेको होला भन्ने भूमिकाबाट फिल्ममा डेब्यू गर्न चाहन्नँः उषा उप्रेती

मोडल उषा उप्रेतीले २ वटा भोजपुरी फिल्मको गीतमा काम गरिसकेकी छिन् । केही दिन अगाडि मात्र उनले भोजपुरी फिल्मका सुपरस्टार खेसरीलाल यादवसँग एउटा फिल्मको गीतमा काम गरिन् । 

उनै, उषाले फिल्ममा भने अहिलेसम्म अवसर पाएकी छैनन् । उषा, आफ्नो मिसन पनि फिल्म नै भएको बताउँछिन् । 

मेरो फिल्मसँग कुराकानी गर्दै उषाले भनिन्–‘मेरो चाहना पनि फिल्ममा नै काम गरौँ भन्ने हो । यसका लागि तयारी गर्दैछु ।’

उषाले पहिलो फिल्म नै बम्पर हुनुपर्छ भन्ने सोचमा आफू नरहेको बताइन् । उनले भनिन्–‘काम गरेको पहिलो फिल्म नै बम्पर चल्नुपर्छ भन्ने सोच मेरो होइनँ । चल्यो भने त अझै राम्रो हो नी । तर, दर्शकले छ्या कस्तो भूमिका गरेको होला भन्ने नहोस् भन्ने मेरो चाहना छ ।’

उषाले कोरोनापछि नेपाली फिल्म क्षेत्र विस्तारै उठ्दै गरेको बताउँदै भनिन्–‘कोरोनापछि धेरै फिल्म त पहिले नै घोषणा गरेका बनिरहेका छन् । यसैले, नयाँ फिल्म बन्न थालेपछि अफर आउँछ भन्ने आशा छ ।’

उषाले नायकहरू अनमोल केसी, पल शाह, प्रदीप खड्का लगायतका नायकहरूसँग काम गर्न मन लागेको बताइन् ।