सैफले करिनालाई किन गराए सचेत?  सहकर्मी कलाकारको जवाफले भइन् चुप

बलिउड अभिनेत्री करिना कपुरको ओटीटी डेब्यू फिल्म 'जाने जान'को ट्रेलर रिलिज भएको छ ।

रिलिज पश्चात ट्रेलरले चर्चा बटुलिरहेको छ ।

ट्रेलरको चर्चा एकातर्फ छ बने अर्को तर्फ ट्रेलर रिलिज कार्यक्रममा करिनाले आपूलाई फिल्म गर्नू अघि आफ्ना अभिनेता पतिले चेतावनी दिएको खुलासा गरिन् । 

सो खुलासामा प्रतिक्रियामा फिल्मका प्रमुख अभिनेता विजय वर्माले दिएको जवाफले त नी चुप हुन नै बाध्य भइन् । 
 

सैफले करिनालाई सुटिङमा जानुअघि एटिट्यूड बदल्न भनेका थिए । फिल्ममा विजय वर्मा तथा जयदीप अहलावत रहेकाले सतर्क रहन चेतावनी दिएको करिनाले बताइन् ।

'मलाई सैफले पहिले नै भनेका थिए कि भ्यानिटी भ्यानबाट मेकअप गरेर सेटमा गएर डायलग बोल्ने रवैया छोड्नुपर्छ किनकी तिमी चिजय वर्मा र जयदीप अहलावतसँग काम गर्दैछौ । उनीहरु दुई जना धेरै नै परिमार्जन गर्छन्', करिनाले भनिन्, 'यस कारण रोलको लागि राम्रो तयारी गर्नु, ब्याकबेन्चर बन्न छोडेर अगाडि बढेर केही गर । यही कारणले म उनीहरु दुई जनाको काम सेटमा बसेर निरन्तर हेरिरहन्थे ।'

करिनाले यस्तो भनेपछि अभिनेता विजयले यसको यस्तो जवाफ दिएकी करिना चुप रहनु पर्यो ।

'म सैफलाई धन्यवाद चाहन्छु किनकी उनको कारण उनलाई(करिना) सेटमा को केटाहरु छन् भन्ने त पत्तो लाग्यो नत्र सेटमा यो को केटा हो भनेर सोध्ने थिइन् ।

यो कुराकानीको भिडियो हाल भाइरल भइरहेको छ । 
 

सुजोय घोषको निर्देशित फिल्म २१ सेप्टेम्बरमा करिनाको जन्मदिनमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।