‘गदर २’ चलेपछि ‘बोर्डर २’को तयारीमा सनी देवल

सन् १९९७ मा रिलिज भएको बलिउड फिल्म ‘बोर्डर २’को सिरिज बन्ने भएको छ । नायक सनी देवलको मुख्य भूमिका रहेको फिल्म ‘गदर २’ले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेपछि अब मेकरको ध्यान उनी अभिनित फिल्मको सिक्वेल वा सिरिजमा देखिएको छ ।

अब, सनी देवल, ज्याकी श्राफ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म ‘बोर्डर २’को सिरिज बन्ने भएको छ । यो फिल्मको चाँडै नै घोषणा गर्ने तयारीमा मेकर लागेका छन् ।

केही वर्ष सुस्ताएका सनी देवलको कमब्याक ब्लकबस्टर भएसँगै उनलाई लिएर फिल्म बनाउनकालागि निर्माताहरू पनि हानथाप गरिरहेका छन् । बलिउडमा एउटै फिल्मले कलाकारको क्रेज कहाँबाट कहाँ पुर्याउँछ भन्ने उदाहरण फिल्म ‘गदर २’ बनेको छ ।

फिल्म ‘बोर्डर’ले भारत र पाकिस्तानबिचको बोर्डरमा हुने गरेका लडाइको कथालाई प्रस्तुत गरेको थियो । अब, सोही कथालाई नयाँ तरिकाबाट भन्न यसका निर्माता लागिपरेका छन् ।