'टाइगर नागेश्वर राव'को टिजरमा यस्तो  खतरनाक देखिए रवि तेजा

तेलेगु सिनेमाका सुपरस्टरको सूचिमा समावेश रवि तेजाको पहिलो प्यान इण्डिया फिल्म 'टाइगर नागेश्वर राव'को टिजर रिलिज भएको छ।

सार्वजनिक टिजरले सिनेमा एक्सनप्याक हुने देखाएको छ। टिजर  अत्यन्त आकर्षक बनेको छ बने रविको फिल्मी लुकले दर्शकको ध्यान सजिलै तान्छ।

क्राइम थ्रिलर जनरामा बनेको फिल्ममा रविलाई एक अपराधीका रुपमा चित्रित गरिएको छ। 

फिल्म भारतको एक चोरको सत्य घटनामा आधारित रहेको बताइन्छ। करिब १ मिनेट २२ सेकेण्ड लामो टिजरमा बेग्लै खाले स्वाद भेट्न सकिन्छ।

फिल्ममा रविका अलावा अनुपम खेर तथा मुरली शर्माको प्रमुख भूमिका रहेको छ।

यसै वर्षको अगस्ट २० मा रिलिज हुने यो फिल्म हिन्दी, तेलेगु, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ।