१४ महिनामै टुंङ्गियो पपस्टार ब्रिट्नीको  तेश्रो विवाह , लेखिन्- छिट्टै एउटा घोडा किन्दैछु

पपस्टार ब्रिट्नी स्पीयर्सको पुनः डिभोर्स हुने पक्का भएको छ। 

४१ वर्षीया स्पियर्सले आफू भन्दा १२ वर्ष कान्छा स्याम असगरीसँग १४ महिना पहिले विवाह गरेकी थिइन्। 

स्यामले ब्रिट्नीमाथि आफूलाई धोका दिएको आरोप लगाएका छन्। उनले योसँगै कानुनी प्रक्रियाका क्रममा हुने खर्चको पनि माग गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। 
 

ब्रिट्नी र स्यामको सन् २०१६ मा एक म्यूजिक भिडियो छायाँकनका क्रममा भेटघाट भएको थियो। सो भेटपछिको मित्रता पछि प्रेम हुँदै विवाहमा परिणत भएको थियो। उनीहरु ७ वर्ष एकसाथ थिए। 
 

ब्रिट्नी स्यामसँग तेश्रो विवाह हो, यसअघि  सन् २००४ मा उनले जेसन एलेक्जेण्डरसँग विवाह गरेकी थिइन्। यो विवाह वर्ष दिनपछि ने टुङ्गिएको थियो। सोही वर्ष उनले केविनसँग दोश्रो विवाह गरेकी  थिइन्। यो विवाह पनि ३ वर्षभन्दा लामो समय चल्न सकेन।
 

डिभोर्स हुने कुरालाई स्यामले आफ्नो इन्स्टामार्फत पुष्टि गरेका छन्। 

'६ वर्ष लामो प्रेम तथा सम्बन्धलाई म र मेरी पत्नीले समापन गर्ने निर्णय गरेका छौं', इन्स्टाग्राममा उनले लेखेका छन्-' हामी एकअर्कालाई सदैव सम्मान र प्रेम गर्नेछौं। म उनको सँधे राम्रो होस् भनेर कामना गरिरहनेछु।'
 

यसबारेमा ब्रिट्नीले कुनै प्रतिक्रिया जनाएकी छैनन्।

बुधबार राति उनले आफ्नो ४२ मिलियन फ्लोअर रहेको इन्स्टाग्राम खातामा 'छिट्टै एउटा घोडा किन्दैछु' लेखेकी छन्।