‘घुमर’ र ‘ड्रिमगर्ल २’ नेपालमा पनि प्रदर्शन हुने

बलिउडका दुई फिल्म ‘घुमर’ र ‘ड्रिमगर्ल २’ नेपालमा पनि प्रदर्शन हुने भएका छन् ।

आगामी शुक्रबार अर्थात् १७ अगष्टबाट प्रदर्शन हुन लागेको स्पोर्ट्स ड्रामा बनेको फिल्म घुमर र आगामी अगष्ट २५ तारिखबाट प्रदर्शन हुने राज शान्डिल्यद्वारा निर्देशित फ्रान्चाइजी फिल्म ‘ड्रिमगर्ल २’को नेपाल प्रदर्शन अधिकार खरिद भएसँगै प्रदर्शन हुने भएका हुन् ।

यी दुई फिल्मको प्रदर्शन अधिकार काफिया फिल्मस्ले खरिद गर्दै लामो समयदेखि नेपाली फिल्म निर्माण तथा वितरण गर्दै आइरहेका गोविन्द शाहीले ‘घुमर’ र ‘ड्रिमगर्ल २’को जिम्मा लिएका छन् । 

घुमरमा अभिषेक बच्चनसँगै सैयामी खेर मुख्य भूमिकामा छन् । जसमा सायनी खेरले अनिका नामकी महिला क्रिकेटरको भूमिका निभाएकी छिन् । त्यस्तै, अभिषेक बच्चन प्रशिक्षकको भूमिकामा छन् । 

यसको कथा अनिकालाई क्रिकेटप्रति लगाव र देशका लागि खेल्न चाहना । उनीहरूले भारतीय महिला क्रिकेट टोलीको हिस्सा बन्ने मौका पनि पाउँछन्, तर अनिकासँग यस्तो दुखद घटना घट्छ कि उनी क्रिकेट खेल्नु त परै जाओस् । बाँच्न पनि चाहँदिनन् । दाहिने हातसँगै जिन्दगीसँग हार खाइसकेकी अनिकाले कठिन संघर्षको बीचमा कडा परिश्रम र कोचबाट मिलेको प्रेरणाबाट उनले अपाङ्गता भए पनि देशका लागि क्रिकेट खेल्न अवसर पाउँछिन् भन्ने कथा फिल्मले भन्छ । यो फिल्मलाई आर बाल्कीले निर्देशन गरेका हुन् ।

यस्तै, अर्को फिल्म ‘ड्रिमगर्ल २’ रिलिज हुने भएको छ । यो फिल्म आयुष्यमानको सन् २०१९ मा आएको ड्रीम गर्लको सिक्वेल हो । उसको पहिलो श्रृङखलाले नेपालमा समेत राम्रो व्यापार गरेको थियो । 

‘ड्रिमगर्ल २’मा आयुष्मा खुराना, अनन्या पाण्डे, अन्नु कपुर, परेश रावल, अभिषेक बनर्जी, विजय राज, राजपाल यादव, मनोज जोशी र सिमा पौवा लगायतका कलाकारको अभिनय रहेको छ । 

यस फिल्ममा आयुष्मान खुरानाले करमको भूमिका निभाएका छन् । जसले राति युवतीको आवाज निकालेर मानिसहरूलाई मनोरञ्जन गर्छ र पैसा कमाउँछ । सिक्वेलमा पनि आयुष्मानलाई एक महिलाको रूपमा क्रस–ड्रेसिङ गर्दै एक्लो पुरुषहरूको समूहलाई मूर्ख बनाएर अर्को तहमा लैजान ठगिरहेको यस फिल्ममा देख्नेछ ।

जसमा परिवार र आफूलाई आर्थिक संकटबाट निकाल्नका लागि पुजारी बनेर नक्कली जीवन बिताउनुपर्छ । करमको जीवनमा एउटी प्रेमिका (अनन्या पाण्डे) पनि छिन्, जसलाई उसले बिहे गर्नुपर्छ । तर केटीका बाबु केटाको बैंक ब्यालेन्स बलियो हुनुपर्छ भन्ने चाहन्छन् । तब मात्र उसले आफ्नो केटीको हात आफ्नो हातमा दिनेछ । करमको अगाडि एउटा ठुलो र कठिन चुनौती छ, जसको लागि उनले नयाँ चुनौती लिएको देखिन्छ ।

बालाजी मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मकी निर्माता एकता कपुर हुन् ।