रजनीकान्तको ‘जेलर’ले ४ सय करोड कमाउने अक्षेपा

दक्षिण भारतका सुपरस्टार रजनीकान्त बक्स अफिसका बादशाह हुन् ।

रजनीकान्तको फिल्म आउनु मात्रै पर्छ हरेक चर्चामा हुन्छन् । फिल्म 'जेलर' रजनीकान्तको १६९ औँ फिल्म हो । यही कारणले गर्दा फिल्मको नाम पहिले थलाइवा १६९ राखिएको थियो । पछि फिल्मको नाम बदलेर 'जेलर' राखियो ।

अगस्त १० बाट रिलिज भएको यो फिल्मले दिनहुँ धेरै रेकर्डहरू पनि तोड्दैछ। ६ दिनमै दुई सय करोडको क्लबमा सामेल भएको जेलरले विश्वभर ४ सय करोडको क्लबमा सामेल हुने अपेक्षा गरिएको छ । जेलरले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको कारणले सकारात्मक समीक्षाहरू प्राप्त गरेको छ।

जेलर एक एक्सन मनोरञ्जन फिल्म हो, जसमा रजनीकान्तसँगै शिव राजकुमार, मोहनलाल र ज्याकी श्राफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। जेलरले ६ दिनमा मणिरत्नमको 'पोन्नियाँ सेल्भान पार्ट १'को कमाइको रेकर्ड तोडेको छ ।

अगस्त १५ मा मात्रै जेलरले ठूलो कमाइ गरेको छ। सार्वजनिक विदाको कारण फिल्मलाई धेरै फाइदा भएको छ । रिपोर्ट अनुसार जेलरले छैटौं दिन करिब ३३ करोड कलेक्सन गरेपछि कलेक्सन २०७.१५ करोड पुगेको छ । तमिलनाडु बाहेक जेलरले केरलामा पनि राम्रो प्रदर्शन गरिरहेका छन्।

जेलरले पहिलो दिन भारतमा ४८ करोड संकलन गरेका थियो । दोस्रो दिन फिल्मको कमाई घटेको भएपनि तेस्रो दिन २५.७५ करोड, ३४ करोड कलेक्सन गरेको थियो । फिल्मले तीन दिनमा १०८ करोडको व्यापार गरेको थियो ।

जेलरको कुरा गर्दा यो बाबु छोराको कथा हो । फिल्ममा रजनीकान्त रिटायर्ड जेलरको भूमिकामा देखिएका छन् । उनका छोरा प्रहरी अधिकृत हुन् । उनको छोराको हत्या हुन्छ र त्यसपछि उसले ती हत्याराहरूलाई मार्ने योजना बनाउँछ।

जेलरलाई नेल्सन दिलीप कुमारले निर्देशन गरेका हुन् । फिल्ममा तमन्ना भाटियाको एउटा आइटम गीत पनि छ, जुन निकै भाइरल भइरहेको छ ।