आज २ सय करोड पार गर्ने 'गदर-२'को बजेट कति ?, २० वर्षअघि यस्तो थियो बजेट र कमाइ

सन्नी देवल तथा अमिषा पटेल स्टारर 'गदर-२' वक्सअफिसमा बल्कबस्टर व्यापार गरिरहेको छ। आज रिलिजको पाँचौ दिन फिल्मले ५० करोड भारु माथि कमाइ अनुमान गरिएको छ।

ब्ल्कबस्टर फिल्मको सिक्वल भएकाले रिलिज अघि फिल्मले केही चर्चा बटुलेको भएपनि सम्भावित वक्सअफिस प्रदर्शनका बारेमा भने खासै उत्साहजनक पूर्वानुमान लगाइएको थिएन। 

त्यसमाथि अक्षय कुमारको 'ओ माई गड'को सिक्वल पनि एक्कै मितिमा रिलिज हुनेभएपछि सन्नीका लागि कठिन हुने अनुमान गरिएको थियो। फिल्मको ट्रेलर पनि आशातीत नहुँदा यो फिल्मबाट भारतीय वक्सअफिसले खासै धेरैठूलो अपेक्षा गरेको थिएन।

तर रिलिजपछि यसले सबैको अनुमानलाई हावा खुवाइदियो र रेकर्डतोड कमाइ गरिरहेको छ। यसको कमाइको रफ्तारले शाहरूख खानको 'पठान'को कमाइलाई समेत छायाँमा पारिदिएको छ। फिल्मले रिलिजको ४ दिनको अवधिमा १ सय ७२.१८ करोड भारू कमाइसकेको छ।

आज १५ अगस्टको भारतीय स्वतन्त्रता दिवसको विदाको भरपूर फाइदा पनि यो फिल्मले लिने ठानिएको छ। फिल्मले झण्डै ५५ करोड कमाइ गर्नसक्ने अनुमान भारतीय संचारमाध्यमहरुमना प्रकाशित समाचारमा गरिएको छ।

'घायल रिटन्स'को अनपेक्षित वक्सअफिस असफलताले पनि 'गदर २'को लगानी खतरामा थियो। यस्तोमा 'गदर २'मा गरिएको लगानी उठाउने ठूलो चुनौती यसका निर्मातालाई थियो। फिल्म झण्डै ८० करोड भारूको लागतमा तयार भएको बताइन्छ।

'गदर २'ले रिलिजको दिन ४०.१ करोड भारु कमाइ गरेको थियो भने शनिबार ४३.०८ करोड र आइतबार ५० करोड को कमाइ गर्न सफल भएको छ। यस्तै सोमबार फिल्मले ३९ करोड भारु कमाएको छ भने आज मंगलबार ५५ करोड को कमाइ गर्ने अनुमान गरिएको छ। 

यदि यस्तो भएमा फिल्मले रिलिजको५ दिनमा ने २ सय करोड भारूको आँकडा पार गर्दै २ सय २८.८८ करोड भारू कमाउन सफल हुनेछ।

यो फिल्मको पहिलो सिक्वलले आफ्नो समयमा ब्लकबस्टर कमाइ गरेको थियो। सन् २००१ मा रिलिज भएको फिल्मले  १ सय ३३ करोड भारु कमाएको थियो भने त्यतिबेला यो फिल्मको बजेट १८ करोड भारु थियो।