'गदर-२'  सय करोड नजिक पुग्दा अक्षयको 'ओ माई गड-२' धेरै पछि, कति छ कमाइ ?

यस वर्षको पहिलो ठूलो वक्सअफिस भिडन्तमा बलिउड अभिनेता अक्षय कुमारको 'ओ माइ गड-२' सन्नी देवलको 'गदर-२' को तुलनामा धेरै पछि परेका छन्। 

'गदर-२' ले रिलिजको पहिलो र दोश्रो दिन क्रमशः ४० तथा ४३ करोड भारुको कमाइ गर्दा अक्षयको 'ओ माइ गड-२' ले दुई दिनमा २४.५ करोड भारु मात्र कमाइ गर्न सकेको भारतीय संचारमाध्यमहरुले आफ्नो समाचारमा उल्लेख गरेका छन्।

'ओ माइ गड-२'ले  रिलिजको दिन १० करोड भारु कमाइ गर्दा दोश्रो दिन १४.५ करोड भारुको कमाइ गरेको छ। 

फिल्मको यो दुई दिने कमाइ सन्नीको दोश्रो दिनको कमाइको आधा रहेको छ। 

रिलिज अघि अक्षयको फिल्मले सन्नीलाई वक्सअफिसमा कडा टक्कर दिने अनुमान गरिएको थियो।