अक्षय कुमारलाई थप्पड हान्नेलाइ २० लाख

शुक्रवारबाट रिलिज भएको अक्षय कुमारको फिल्म 'ओएमजी २' लाई लिएर विवाद सुरु भएको छ ।  

अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ। धेरैले यसलाई भगवान शिव र हिन्दु देवताहरूको अपमान भनेका छन्। अक्षय कुमारप्रतिको घृणा यति बढेको छ कि एक हिन्दु संगठनले अभिनेतालाई थप्पड हान्नेलाई २० लाख रूपैयाँ दिने घोषणा पनि गरेको छ । 

आगराको एक हिन्दु संगठनले भगवान् शिवको दूतको भूमिका खेलेर जनताको भावनामा चोट पुर्‍याउने बलिउड सुपरस्टारलाई थप्पड हान्नेलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । अर्कोतर्फ, राष्ट्रिय हिन्दु परिषद् भारतले बिहीबार अक्षय कुमारको पुत्ला र फिल्मको पोस्टर जलायो साथै फिल्म हल अगाडि प्रदर्शन गर्न पनि पछि नहट्ने बताएको छ ।  

अक्षय कुमारको ओएमजी २ ले रिलिजको पहिलो दिन मात्रै १० करोड कमाएको छ । 

भगवान शिवको सन्देश वाहकको भूमिका निभाएका अक्षय कुमारलाई थप्पड हान्नेलाई सो संस्थाका अध्यक्ष गोविन्द पराशरले अवार्ड दिने जनाएका छन् । उनले आफ्नो जुत्तामा माइचको जालो राखेर अक्षयले भगवान् शिवको अपमान गरेको दाबी गरेका छन् ।

फिल्ममा सारी लगाएर फोहोर पोखरीमा नुहाउने र यी सबै कुराले भगवानको छविलाई कलङ्कित गर्छ। फिल्मको आलोचना गर्ने र भावनासँग खेलबाड गर्ने कार्य पाप भएको उनको भनाई छ ।

‘ओएमजी’ सन् २०१२ मा रिलिज भएको थियो र यसको दमदार कथाका कारण यो फिल्मले बक्स अफिसमा धेरै कमाई गरेको थियो । योसँगै फिल्म ‘ओएमजी २’ को सिक्वेल पनि हलमा रिलिज भएको छ । यद्यपि अक्षयको यो फिल्मको अग्रिम बुकिङ सुस्त छ ।