पूजाको मुम्बइमा ४५ करोडको घर

बलिउड नायिका पूजा हेग्डेले मुम्बईमा आलिसान घर खरिद गरेकी छिन् । भारतीय मिडियाका अनुसार, उनले मुम्बइको  बान्द्रामा ४५ करोड मुल्यको घर खरिद गरेकी हुन् । उनको घर ४ हजार स्क्वायर फिटमा फैलिएको छ । 

पूजा हालसम्म बान्द्राको थ्री बीएचके अपार्टमेन्टमा रहँदै आएकी थिइन् । यो अपार्टमेन्टको मूल्य ८ करोड बताइएको छ । पूजासँग २ करोडको कार समेत छ । भारतीय मिडियाका अनुसार, पूजासँग ५१ करोडको सम्पत्ति छ । 

साउथ फिल्ममा सुपरहिट भएपछि पूजाले बलिउडमा पाइला राखेकी हुन् । उनले अभिनय गरेको फिल्म ‘देवा’ रिलिजको क्रममा छ । उनले, सन् २०१६ मा फिल्म ‘मोहेन्जो दारो’बाट बलिउडमा पाइला राखेकी थिइन् ।