चार फिल्म बक्स अफिसमा भिड्दै: अग्रिम बुकिङमा 'जेलर' अगाडी, अक्षयकुमारको 'ओएमजी २' चौथो नम्बरमा

यो साता बलिउड फिल्म प्रेमीका लागि विशेष रहने छ । यो साता धेरै सुपरस्टारहरु फिल्म बक्स अफिसमा भिड्दैछन् । 

यो साता १–२ होइन चार फिल्म रिलिज हुँदैछन् । सन्नी देओलको फिल्म गदर २, अक्षय कुमारको ओएमजी २, रजनीकान्तको जेलर र चिरञ्जीवीको फिल्म 'भोला शंकर' यही हप्ता रिलिज हुँदैछन् ।

यी चार फिल्मको अग्रिम बुकिङ पनि सुरू भइसकेको छ तर रजनीकान्तले सबै कलाकारलाई अग्रिम बुकिङमा पछाडि छोडेका छन् ।

पछिल्लो तथ्यांक अनुसार रजनीकान्तको फिल्म जेलरको अग्रिम बुकिङ सबैभन्दा बढी भएको छ । भारतीय बजारको बुक माई शो पोर्टलबाट मात्रै अनलाइन टिकट बिक्रीको संख्यामा रजनीकान्तको 'जेलर'का लागि ९ लाख अग्रिम टिकट बिक्री भएको छ । अर्कोतर्फ अग्रिम बुकिङको मामिलामा सन्नी देओलको 'गदर २' दोस्रो नम्बरमा छ ।

'गदर २' को कुल ३ लाख टिकट बिक्री भइसकेको छ । तेस्रो नम्बरमा चिरञ्जीवीको भोला शंकर रहेको छ जसको हालसम्म ७० हजार टिकट बिक्री भइसकेको छ । अक्षय कुमारको फिल्म 'ओएमजी २' अन्तिम अर्थात चौथो नम्बरमा छ ।

'ओएमजी २' को अग्रिम बुकिङमा हालसम्म ४५ हजार टिकट बिक्री भइसकेको छ । आगामी दिनमा यी सबै फिल्मको अग्रिम बुकिङ बढ्ने अपेक्षा गरिएको छ ।

गदर २ सन् २००१ मा आएको 'गदर'को सिक्वेल हो । यो ब्लकबस्टर फिल्म थियो । योसँगै रजनीकान्त पनि जेलरबाट दुई वर्षपछि पर्दामा फर्कदैछन् । उनी पछिल्लो पटक फिल्म अन्नातेमा देखिएका थिए । अक्षय कुमार मात्र ओएमजी २ सन् २०१२ मा आएको 'ओएमजी'को सिक्वेल हो। उही समयमा चिरञ्जीवी अन्तिम पटक फिल्म वालटेयर वीरैयामा देखिएका थिए।