आर्यन खानले किन अस्वीकार गरे १२० करोडको अफर ?

बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खानले हालै आफ्नो कपडाको ब्राण्ड लन्च गरेका थिए । यसै क्रममा उनी आफ्नो आगामी वेब सिरिज ‘स्टारडम’का कारण चर्चामा पनि छन् । 

समय–समयमा ‘स्टारडम’ वेब सिरिज सम्बन्धी नयाँ नयाँ अपडेटहरु बाहिर आइरहेका छन्, जसले फ्यानहरुको धेरै ध्यान तानिरहेका छन् । यस सिरिजमा शाहरुख खानको क्यामियोको चर्चा पहिलेदेखि नै छ । विगतमा आर्यन खान अभिनेताको रुपमा डेब्यु गर्ने अनुमान गरिएको थियो । तर आर्यनले आफुलाई अभिनयमा रुचि नरहेको प्रष्ट पार्दै यो वेब सिरिजमा अभिनेता नभई निर्देशकको रूपमा बलिउडमा डेब्यू गर्न लागेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यम जनाए अनुसार आर्यनलाई ओटीटी प्लेटफर्मले ‘स्टारडम’को लागि मोटो रकम प्रस्ताव गरेको थियो। जसलाई, आर्यनले अस्वीकार गरेका छन् ।

आर्यन खान प्रायः लाइमलाइट र मिडियाको ध्यानबाट टाढा रहन रुचाउँछन्। योसँगै उनी आफ्नो प्रोजेक्टलाई लिएर निकै उत्साहित छन् । आर्यन आफैंले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा स्क्रिप्ट सेयर गरेपछि कसरी आफ्नो यात्रा सुरु गर्न पर्खन सक्दिन भनेर बुझन सकिन्छ। यस्तैमा केहि यस खबरहरु आइरहेका छन् कि शाहरुखका छोरालाई उनको वेब सिरिज ‘स्टारडम’ को लागि ओटीटी प्लेटफर्मबाट १२० करोड रुपैयाँको अफर गरिएको थियो तर उनले त्यसलाई अस्वीकार गरेका छन् ।

रिपोर्टको विश्वास गर्ने हो भने आर्यनले अहिले यसलाई बनाउनमा आफ्नो पूरा ध्यान दिएका छन् । उनले ‘स्टारडम’ पूरा गरेपछि मात्रै यसको डिलबारे विचार गर्नेछन् । ‘स्टारडम’ मा शाहरुखको क्यामियो देखिने भनेर फ्यानहरु पनि निकै उत्साहित थिए । यसैबीच, पछिल्लो जानकारी अनुसार शाहरुखको यसमा क्यामियो हुनेछैन। शाहरुखको वर्कफ्रन्टको कुरा गर्दा उनी आगामी दिनमा ‘जवान’ र ‘डांकी’ मा पनि देखिनेछन् ।