'सलार' अघि होम्बले फिल्मस्को ‘धुमम्’ प्रदर्शन हुँदै नेपालमा

दक्षिण भारतीय फिल्म ‘धुमम्’ नेपालमा पनि प्रदर्शन हुने भएको छ । यस फिल्मको नेपाल प्रदर्शन अधिकार सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले लिएको हो । फहाद फासिलको मुख्य भूमिका रहेको फिल्म आगामी शुक्रवारबाट नेपाली हलमा रिलिज हुने छ ।

भारतमा गत जुन २३ मा मल्यालम र कन्नडा भाषामा मात्रै रिलिज भएको फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । बक्कअफिसमा भने फिल्म औसत मात्रै चलेको थियो । भारतमा फिल्मको मल्यालम र कन्नडा बाहेक तमिल, तेलुगु र हिन्दी डब भने सिधै ओटिटी प्लेटफर्ममा मात्रै रिलिज हुनेछ ।

संस्पेन्स थ्रिलर ‘धुमम’लाई पवन कुमारको निर्देशनमा निर्माण भएको हो ।  यो फिल्ममा फहद फासिल, अर्पणा बालमेली, अच्युत कुमार, रोशन म्याथ्यू, विनीत राधाकृष्णन, अनु मोहन, जोय म्याथ्यू तथा नन्दुको अभिनय रहेको छ।

दक्षिण भारतको चर्चित फिल्म निर्माण कम्पनी होम्बले फिल्मस्ले निर्माण गरेको हो । यो ब्यानरले यसअघि 'केजिएफ', 'केजिएफ २' ‘कान्तारा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ ।

अब यसमा ‘केजिएफ’ तथा ‘कान्तारा’ जस्ता फिल्म बनाउने कम्पनीको साथ पाएपछि यो फिल्मले अघिल्ला दुई फिल्मको जस्तै अवसर पाउने अपेक्षा गरिएको छ। यस्तै, यही ब्यानरले निर्माण गरेको प्रतीक्षित फिल्म 'सलार' प्रदर्शनको तयारीमा छ ।