साहरूख खानकाे 'जवान'ले पहिलाे दिनमा नै सय कराेड कमाउने प्रक्षेपण

सेप्टेम्बर ७ तारिखबाट विश्व बजारमा रिलिज हुन लागेको बलिउड फिल्म ‘जवान’को यति बेला सबैभन्दा बढी चर्चाको विषय बनेको छ ।

फिल्म ‘पठान’ पछि शाहरुखकालागि फिल्म ‘जवान’ यो वर्षको दोस्रो ठुलो फिल्म हो ।  

साउथका हिट निर्देशक एट्लीले निर्देशन गरेको फिल्ममा नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, योगी बाबु लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा दीपिका पादुकोणको विशेष भूमिका छ ।

फिल्मको प्रिभ्यु र ट्रेलरले चर्चा पाएको छ । निर्माणपक्षले फिल्मको ट्रेलर केही समयपछि सार्वजनिक गर्नेछ ।  यस्तो अवस्थामा सेप्टेम्बर ७ शाहरुखका लागि निकै विशेष हुने विश्वास गरिएको छ ।

फिल्मले ओपनिङ डे मै बम्पर कमाउन सक्छ । तर शाहरुखको फिल्म ‘जवान’ले कलेक्शन रेकर्ड बनाउन २१ दिन मात्र पाउनेछ । थाहा छ कसरी ?

एट्ली कुमार निर्देशित फिल्म ‘जवान’ले सुरुमा राम्रो प्रतिक्रिया पाइरहेको छ । शाहरुखको फरक अवतारलाई फ्यानहरुले रुचाइरहेका छन् । फिल्मको स्टारकास्ट पनि निकै प्रभावशाली छ । यस्तो अवस्थामा शाहरुखको ‘जवान’ ठुलो पर्दामा उनको फिल्म ‘पठान’ भन्दा एक कदम अगाडि बढ्ने विश्वास गरिएको छ ।

ओपनिङ डे कलेक्सन १०० करोडभन्दा माथि जाने चर्चा छ । योसँगै रिलिजको पहिलो सातामै फिल्मले नयाँ कीर्तिमान बनाउने दाबी पनि भइरहेको छ । यी सबै बिचमा साउथका ठुला कलाकारहरू पनि शाहरुखसँग प्रतिस्पर्धा गर्न लाइनमा छन् ।

सेप्टेम्बरको सुरुमा अर्थात् ७ गते शाहरुख खान ‘जवान’ मार्फत थिएटरमा प्रवेश गर्दै छन् । त्यसै गरी महिनाको अन्त्यमा २८ सेप्टेम्बरमा प्रभास आफ्नो फिल्म ‘सालार’ मार्फत दर्शकसामु आउनेछन् । अर्थात् शाहरुखको फिल्म ‘जवान’ले कमाई गर्न २१ दिन मात्रै पाउनेछ । 

प्रशान्त नीलको फिल्म ‘सालार’ २२ औँ दिनमा प्रवेश गर्दै छ र दर्शकमा यसको निकै क्रेज रहेको छ । यसअघि नै फिल्मको राइट्स करोडमा बिक्री भएको खबर छ । यो फिल्मलाई प्रभासको कमब्याक फिल्मको रूपमा पनि हेरिएको छ ।