‘केजीएफ’को झल्को दिने प्रभाषको ‘सलार’ टिजर, मिश्रित प्रतिक्रिया


फिल्म ‘बाहुबली २’पछि साउथ स्टार प्रभाषलाई लक लागिरहेको छैन । उनले अभिनय गरेका सबै फिल्महरु बक्स अफिसमा असफल भैरहेका छन् । पछिल्लो फिल्म ‘आदिपुरुष’ले पनि उनको सफल हुने चाहनालाई पुरा गर्न सकेन । 

अब, प्रभाषको ध्यान सेप्टेम्बर २८ तर्फ मोडिएको छ । उनी अभिनित फिल्म ‘सलार’को टिजर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचारको सुरुवात गरेको हो । प्रशान्त निलको कथा, पटकथा तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रभाष, पृथ्वीराज, श्रृती हसन लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मको टिजरले यश अभिनित फिल्म ‘केजीएफ’को पुरै झल्को दिन्छ । यो टिजरलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले भने ‘बाहुबली २’पछि सिंगो भारतकै स्टार बन्ने सपना बोकेका प्रभाषको सपना ‘सलार’पछि सकिने प्रतिक्रिया दिएका छन् ।