सुटिङका क्रममा घाइते साहरुख मुम्बई एयरपोर्टमा देखिए


फिल्म ‘जवान’को छायांकनका क्रममा बलिउड नायक साहरुख खान घाइते भएको खबर मंगलबार भाइरल भयो । फिल्मको छायांकनका क्रममा साहरुखको नाकमा चोट लागेको र सामान्य अप्रेशन गर्नु परेको खबर सार्वजनिक भएको थियो । यसपछि, साहरुखको स्वास्थ्य अवस्थाको बारेमा विभिन्न खालका खबरहरु सार्वजनिक भएका थिए । 

अमेरिकामा सर्जरी गरेर साहरुख मुम्बई फर्किएको र घरमा नै आराम गरिरहेको खबर समेत सार्वजनिक भएको थियो । तर, उनै साहरुख मंगलबार बेलुकी मुम्बइको विमानस्थलमा देखिए । उनी, अमेरिकाबाट फर्किएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

साहरुखले मिडियासँग यो बिषयमा कुनै पनि प्रतिक्रिया भने दिएनन् । तर, उनी स्वस्थ देखिएका थिए । साहरुखको निर्माण तथा अभिनयमा तयार भएको फिल्म ‘जवान’ सेप्टेम्बर ७ तारिखबाट रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर केही दिनमा नै सार्वजनिक हुने मिडिया रिपोर्टमा उल्लेख छ । यस्तै, साहरुखले आफ्नी छोरी सुहाना खानसँग नयाँ फिल्ममा काम गर्न लागेको खबर पनि सार्वजनिक भैरहेका छन् ।