रणवीर र रश्मीकाको ‘एनिमल’ डिसेम्बर १ बाट रिलिज हुने


अगष्टको ११ तारिखलाई प्रदर्शन मिति तोकेपनि काम नसकिएको भन्दै नायक रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’को प्रदर्शन मिति स्थगीत गरियो । यो मितिमा ‘गदर २ र ओ माई गड २’ आउने निश्चित छ । 

तर, अब भने रणवीरको प्रतिक्षित फिल्म ‘एनिमल’को नयाँ प्रदर्शन मिति तय भएको छ । यो फिल्म अब डिसेम्बर १ बाट विश्वव्यापी रिलिज हुने भएको छ । यो फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गरेका हुन् । 

चलचित्रमा रणवीरको जोडीको रुपमा रश्मीका मन्दनाले अभिनय गरेकी छिन् । यो फिल्मलाई यो बर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । बलिउडको ठूलो भिडन्तलाई टार्र्दै ‘एनिमल’को टिमले नयाँ मिति तय गरेको हो ।