‘छ माया छपक्कै ’का निर्माताले भने,‘ वितरकलाई कमिसनको मात्रै मतलब हो ?’

फिल्म ‘छ माया छपक्कै’का निर्माताले असोज २४ गते रिलिज भएको फिल्मको पैसा नपाएको गुनासो गरेका छन् । निर्माता रोहित अधिकारीले देशभरका हल र वितरकबाट आफुले पैसा नपाएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत आक्रोश पाखेका छन् । फिल्म रिलिज भएको १० महिना बढी भैसक्दा पनि शेयर नपाएको उनको गुनासो छ । निर्माता अधिकारीले वितरकसँग चलचित्र उत्रिएको ३ महिना भित्रमा रकम पाउनेगरि संझौता गरेको र त्यो कार्यन्यवन नभएको बताएका छन् ।

निर्माता रोहित अधिकारीले, भने, ‘ असोज २०७६ मा नगद मा चलाएको हाम्रो चलचित्रको पैसा पाएको छैनौ । फिल्म बितरक र हलवालाहरुले अझै दिएका छैनन भन्न समेत लाज भइसक्यो । होईन निर्माता लाई सधै सोशन गरिराख्ने हो सबै मिलेर ?’ भन्दै उनले प्रश्न गरेका छन् । उनले थप लेखेका छन्, ‘ बितरक हरु लाई कमिसन को मात्रै मतलब हो ?’

तर यता फिल्म वितरकले समय अनुकुल नभएका कारण रकम दिन नसकेको र चाँडै दिने बताएका छन् । फिल्म ‘ छ माया छपक्कै’को दुइ करोड भन्दा बढि सेयर उठ्न बाँकी रहेको निर्माणपक्षको भनाई छ ।