अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गरेकी जेन दीपिका ग्यारेट टप २० मै सीमित भइन्।

तर ग्यारेटको चर्चा भने अन्तर्राष्ट्रिय मिडियामा भइरहेको छ। ग्यारेटले  'प्लस साइज मोडल' को रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुली रहेकी छिन्।

सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका छन्।

उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन्। अहिले सामाजिक सञ्जालदेखि भिडियो प्लेटफर्ममा उनको भिडियोले खुबै चर्चा पाइरहेको छ ।