भुवनको मुद्धामा साम्राज्ञी पनि प्रतिकार गर्ने मुडमा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिरुद्ध नायक तथा निर्देशक भूवन केसीले १० करोड क्षतीपूर्तीको दाबी गर्दै जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेपछि उनीहरुबीचको अआरोप–प्रत्यारोपले नयाँ मोड लिएको छ । यसै साता निर्माता केसीले अभिनेत्री साम्राज्ञीले आफ्नो इज्जतमा ठेस पुर्याएको, मानहानी गरेको लगायतका उजुरी सहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

आफु बिरुद्ध लागेको मुद्धालाई साम्राज्ञीले सामाना गर्ने बताएकी छन् । भूवनले मुद्दा दर्ता गरेको भोलीपल्ट सामाजिक संजालमा अभिनेत्री साम्रज्ञीले लेखेकी छन् ,‘डर भन्दा विश्वार निष्ठाको साथमा अगाडि बढ्नुछ ।’ उनले हिम्मतका साथ अगाडी बढ्ने र नडाउने बताएकी छन् । केहि हप्ता अगाडी साम्राज्ञीले २१ औं शताब्दीको महिला भएको भन्दै डर भन्दा आफूमाथि विश्वास आवश्यक रहेको बताएकी थिइन् ।

साम्राज्ञीले जापानको अवार्डमा भूवन केसीले आफूसँग नजिक भएर, गाला जोडेर बोल्न खोजेको आरोप लगाएकी थिइन् । फिल्म ‘ड्रिम्स’को छायांकनका क्रममा आफूमाथि खानपान नदिएको खान माग्दा सबै लागेर गाली गलौज गरेको भन्दै आवाज उठाउँदै आएकी छन् ।