दुर्गेशलाई कलाकार देखि आफ्नै फ्यानको ब्यङ्ग्य , के नरेश पातली , झक्कड थापाको झल्को दिलाएकै हुन त ?

गायक दुर्गेश थापाले प्राइम टेलिभिजनमा दिएको अन्तरवार्ताले उनैलाई पिरोलेको छ । म्युजिक भिडियोमा अभिनय गर्दा गर्दै गायनमा लागेका दुर्गेश हिट गायकका रुपमा चिनाएका थिए । उनका गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ बोलको गीतले पोहोर साल सबैलाई उछिनेको थियो भने यसपाली यसैको सिक्वेलले सर्वाधिक युट्युवमा दर्शक पाएको गीत हो ।

यसै साता प्राइम टेलिभिजनमा ऋषि धमलाले लिएको अन्तरवार्तामा उनलाई नारायण गोपालको गीत आग्रह गरियो । उनले निर्धक्कसँग नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाए । उनको गायनमा सुर थियो न ताल नै तर पनि उनले मज्जाले गाए । त्यसपछि ऋषिले अर्को यम बरालको गीत गाउन आग्रह गरे । उनले रामकृष्ण ढकालको गीत गाए । उनले लगातार अर्को शि परियारको गीत गाउन आग्रह गरे । उनले पिउँदिन भन्दा भन्दै बोलको गीत गाउन कसिए तर उनको स्वरले छेउटुप्पै भ्याएन ।

यस कारण गायक तथा मोडल दुर्गेश थापा सबैतिरबाट आलोचित बन्न पुगे । उनलाई व्यङ्ग्य गर्दै गायिका तथा भ्वाइस अफ नेपालकी जज आस्था राउतले लेखिन्, ‘ नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ । अटो ट्युनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ?’

उनले थप लेख्छिन्,‘युट्युव बाट डलर त आउला तर म्युजिकल ज्ञान कहाँबाट छाउला । हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ, के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ? हैट, अब के चाहिँ गर्नु , केहि बोल्नु कि नबोल्नु ?’ आस्थाका अनुसार अहिले स्वर गतिलो नभएपनि डिजिटल प्रविधीले गीतमा टाइमिङ र स्वर मिठो बनाइदिएका कारण जसले पनि गीत गाउने र भाइरल हुने जमात बढेको बताएकी छन् । यसबाट डलरको कमाइ त होला त संगीतको ज्ञान पनि लिन आवश्यक रहेको बताएकी छन् ।

यता गायिका मनिषा पोखरेल पनि गायन नै नबुझेको मान्छेले गीत गाएर संगीत क्षेत्रको बेइजत गरेको बताउँछिन् । उनले पनि आस्थाले जस्तै ब्यङग्य गरेर लेख्छिन् , ‘ हैट, के मजाक हो यो ? गीत संगीतको भविष्य कोरोना भन्दा डेन्जर ।’

गायिका मनिषाका अनुसार यस्तै पारा हो भने गीत संगीतको भविष्य नरहेको बताएकी छन् । उनले गीत संगीतलाई धेरैले मजाकको रुपमा लिएको पनि बताएकी छन् । जसले गर्दा भोलीका दिनमा गीत संगीत अहिलेको कोरोना भन्दा पनि खतरनाक हुने उनको भनाईछ ।
पछिल्लो समय गीत सिकेर आउने भन्दा पनि लहै लहैमा आउनेको भिड बढेको देखिन्छ । यसले गर्दा पनि सांगितिक क्षेत्रको पाटो अटो ट्युनले खाइदिने पो हो की चिन्ताको विषय बनेको देखिन्छ ।

संगीत सिकेर आएको भन्दा नसिकेर आएकाले बजार तताइरहेका छन् । गायक तथा मोडल दुर्गेश थापाले गीत संगीतका बारेमा बुझेका छैनन् भन्दै धेरैले उल्याएका छन् ।  गायक भरत सिटौलाले पनि दुर्गेशले गीत गाएको शब्दलाई लिएर ब्यङ्ग्य गरेका छन् । गायक भरतले गीत संगीत यस्तै हो भने ओरालो लाग्ने बताएका छन् । उनको आशय पनि गीतसंगीत बुझेर मात्र गाउन भनेका छन् । उनले ब्यङ्ग्य गर्दै लेखेका छन,‘ मेरो नि मुटु जलि रहेछ ,नेपाली संगीत उधो मुन्टो लागि रहेछ । ’ गायक भरतले यस्तै पारा हो भने नेपाली गीत संगीतले उधो मुन्टो लगाउन बेर छैन भनेका छन् ।
टेलिभिजनको अन्तरवार्ताको भिडियोको कमेन्टमा उमेश कुलुङले कमेन्ट गरेका छन्,‘दुर्गेशले भन्दा त नरेश पातली र झक्कड थापाले राम्रो गाउदो रहेछ ।’ भन्दै उडाएका छन् । उनले नेपाल आइडलका बेसुरा गाएर चर्चामा आएका नरेश पातली र झक्कड थापासँग तुलना गरेका छन् । त्यस्तै अर्की गोपिना राईले पनि दुर्गेश थापा भन्दा नरेश पातली कै गायिकी राम्रो रहेछ भनेकी छन् । यसरी कमेन्टमा गाली गर्ने मात्र देखिएका छन् ।